युरोप पठाईदिन्छु भनि ६ लाख रुपैयाँ रकम ठगी गर्ने व्यक्ति पक्राउ



काठमाडौँ: युरोप पठाईदिन्छु भनि रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछाप गोकुलगंगा गाँउपालिका- ३ बस्ने ३३ वर्षीय पोश बहादुर सुनुवार रहेका छन् ।

सुनुवारले प्रेम कुमार लामा दोङ समेत ६ जनालाई वर्किङ भिषामा युरोपियन देश लिथुनिया पठाईदिन्छु भन्दै प्रतिव्यक्ती रु. ६ लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेको महानगरीय अपराध महाशाखा, टेकुले जनाए।

सुनुवारलाई भदौ ९ गते कोटेश्वरबाट पक्राउ गरी थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाईएको महाशाखाले जानकारी दिए।

मितिः २०७८।०५।०९ गते ।

प्रतिक्रिया दिनुहोस्