नारायणहिटी क्याफे ठेक्का प्रकरणमा मुछिएका निर्देशक दाहालले दिए राजीनामा



काठमाडौँ : नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषराज दाहालले राजीनामा दिएका छन् । नारायणहिटी दरबारभित्रको क्याफ्टेरिया निर्माण प्रकरणमा छानबिन समितिले दोषी ठहर गरेपछि दाहालले आज पदबाट राजीनामा दिएका हुन् ।

उनी अघिल्लो ओली सरकारका पालामा नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशकमा नियुक्त भएकबा थिए । संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेसँग सम्बन्ध बिग्रिएसँगै दाहाल विकास समितिबाट अलग भएका हुन् ।

मन्त्री आलेकै निर्देशनमा मन्त्रालयले तीन सदस्यीय छानबिन समिति बनाएर बतास ग्रुपले क्फ्टेरिया निर्माणका लागि कसरी टेन्डर पार्यो भन्ने विषयमा छानबिन समिति बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्