उपत्यकामा स्मार्ट लकडाउन : यस्तो छ तीन जिल्ला प्रशासनको आदेश



काठमाडौँ : कोरोना भाईरस संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौं उपत्यकाको प्रशासनले कडाइ गरेको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले कोभिड जोखिम कम गर्नका लागि थप कडाइ गर्ने निर्णय गरेको हो ।

सीसीएमसीसी र गृह मन्त्रालयको सर्कुलर अनुसार आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधिअनुसार आदेश जारी गरिएको ललितपुरका सीडीओ घनश्याम उपाध्यायले जानकारी दिएका छन् ।

यस्तै आज २ हजार ४ सय ४४ कोरोना संक्रमित मध्ये काठमाडौँ उपत्यकामा मात्रै १२ सय ८६ जना संक्रमित थपिएका छन् । यसमध्ये काठमाडौँमा ९८०, ललितपुरमा २२१ र भक्तपुरमा ८५ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्