प्रदेश २ काे नाम ‘मिथिला’ राख्न कांग्रेस उपसभापति निधिकाे सुझाव



जनकपुर : नेपाली कांग्रेस उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारले युवा रोजगार कार्यक्रम ल्याउन नसकेको बताए ।

 

जेवाईसी सामुदायिक भवनको जनकपुरमा उद्घाटन गर्दै निधिले सरकारले अब युवा स्वरोजगारको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । उनले मधेश र मधेशीको अधिकार र विकास केवल कांग्रेसले मात्र गर्न सक्ने ठोकुवा गरे ।

 

अन्तरिम संविधानको संशोधन पनि कांग्रेस नेतृत्वमै भएको स्मरण गराउँदै निधिले अब पनि कांग्रेस नेतृत्वले नै अहिलेकाे संविधान संशोधन गर्ने बताए । उनले मधेशवादी दलले पनि मधेशी जनताका लागि केही गर्न नसकेको जिकिर गरे ।

 

साथै उनले अब यी सबै एजेन्डा कांग्रेसले नै उठाउने प्रतिबद्धता व्यक्त गरे । अहिलेको सरकारले शान्ति र सुरक्षा कायम गर्न असफल भएको दाबी गर्दै भने, ‘सर्लाही घटनाको विषयमा सरकार किन चुप लागेर बसेको छ ?’ तत्काल सर्लाही घटनाका दोषीलाई पक्राउ गर्नसमेत उनले माग गरे ।

 

प्रदेश सरकारको आफ्नै प्रहरी, आफ्नै अदालत, आफ्नै प्रशासन हुने कुरा आफ्नो पार्टीले घोषणपत्रमा राखेको भन्दै प्रदेश २ को नाम मिथिला प्रदेश हुनुपर्नेमा जोड दिए । 

प्रतिक्रिया दिनुहोस्