भारी वर्षाका कारण ब्राजिलमा १० को मृत्यु



काठमाडौं । भारी वर्षाका कारण ब्राजिलमा १० जनाको मृत्यु भएको छ । बिगत २४ घण्टादेखी ब्राजिलको दक्षीणपूर्वी भेगमा जारी भारी वर्षा पछि पहिरो  समेत गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्  ।

साथै मुत्यु भएका १० जनाको शव भेटिएको बताइएको छ भने अन्य केही व्यक्ति हराइरहेका बताइएको छ । बेपत्ताको खोजिकार्य जारी छ । पहिरोमा परि एक दम्पत्ती सहित दुई सन्तान पुरिएका छन् ।

साथै ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा गएको २४ घन्टादेखि वर्षा निरन्तर रहेको र वर्षा केही समय नरोकिने भएकाले घरबाहिर ननिस्किन सूचना जारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्