शान्ति सुरक्षा कायम गर्न नसकेकाे याे सरकार पूर्ण रुपमा असफल भइसक्याे



ताप्लेजुङ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सरकारले जनअपेक्षा अनुसारका काम गर्न नसकेको बताएका छन् । 

पार्टी सङ्गठन विस्तार एवं सुदृढीकरणका क्रममा ताप्लेजुङ आइपुगेका अध्यक्ष थापाले आज बिहान आयोजित पत्रकार सम्मेलनमा वर्तमान सरकारले मुलुकभित्र बढ्दो हत्या, हिंसा, बलात्कारलगायतका घटना नियन्त्रण गर्न नसकेको आरोप लगाए । 

 

देशको अर्थतन्त्रलाई सुदृढ तुल्याउने, बेरोजगारका समस्या हटाउने, गरिबी निवारण गर्ने जस्ता कार्यमा सरकार पूर्णरुपले असफल भएको उनकाे भनाइ छ । 

 

शान्ति स्थायित्व कायम गर्न र मुलुकको समग्र आर्थिक विकासको लक्ष्य हासिल गर्न नीतिगत त्रुटिलाई समेत सच्याउन आवश्यक भएकोमा उनको जोड छ । 

 

मुलुकमा हाल देखा परिरहेको विखण्डनको चुनौती सर्वसत्तावादलाई सामना गर्नसक्ने शक्ति निर्माणका लागि समान विचारधारा भएका अन्य राजनीतिक पार्टीबीच एकताको तयारी भइरहेको समेत उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस्