१ करोड ५२ लाख बढि नेपालीले लगाए कोरोना खोपको पहिलो डोज



काठमाडौँ : नेपालमा हालसम्म डेढ करोड बढीले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकका आधारमा अहिलेसम्म १ करोड ५२ लाख ४९ हजार १ सय २९ जनाले कोरोना भाईरस विरुद्धको पहिलो डोज खोप लगाएका छन् ।

मन्त्रालयका अनुसार यो संगै नेपालको झण्डै आधा जनसंख्याले पहिलो डोज लगाएका हुन् । जुन तथ्यांक नेपालको कुल जनसंख्याको आधा ५० प्रतिशत हो । साथै १ करोड १३ लाख बढीले दोस्रो डोज लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । मन्त्रालयका अनुसार आजसम्ममा १ करोड १३ लाख ३६ हजार ५ सय ३८ जनाले पूरा डोज लगाएका हुन र यो कुल जनसंख्याको ३७.३ प्रतिशत हो ।

तर लक्षित जनसंख्यामा भने ७६.५ प्रतिशतले पहिलो डोज लगाएका छन् । स्वास्थ्य न्त्रालयका अनुसार नेपालमा हालसम्म ३ करोड ९२ लाख ३ हजार ९ सय २७ डोज खोप भित्रिसकेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा अब करिब ४८ लाख जनाले मात्र खोप लगाउन बाँकी छरहेको तर तर त्यसमध्ये केही संख्ख्यामा विदेशमा रहेकाले यो संख्या कम हुनसक्ने मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्