केएमसी विरुद्ध विद्यार्थी आन्दोलित : अतिरिक्त शुल्क फिर्ताको माग



काठमाडौं : काठमाडौं मेडिकल कलेज (केएमसी) विरुद्ध विद्यार्थी सडका उत्रिएका छन् । कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क लिएपछि सुल्क फिर्ताको माग गर्दै उनिहरु आन्दोलनमा उत्रिएका हुन् ।

एमबीबीएसमा तोकिएभन्दा अतिरिक्त विभिन्न शीर्षकमा ३० लाखसम्म र बीडीएसतर्फ १० लाख रुपैयाँ अतिरिक्त शुल्क लिइएको भन्दै कलेज सञ्चालकलाई कारबाहीकाे माग गर्दै विद्यार्थीले प्रदर्शन गरेका हुन् ।

काठमाडौंको सिनामंगलस्थित क्याम्पसको गेटअगाडी विद्यार्थीहरूले सुरु गरेको रिले अनशनमा समर्थन जनाउँदै संयुक्त विद्यार्थी संगठनको अगुवाइमा प्रदर्शन गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्