मेडिकल काउन्सिलका कर्मचारी कोरोना संक्रमित



काठमाडौँ : नेपाल मेडिकल काउन्सिलका कर्मचारी कोरोना संक्रमित भएका छन् । काउन्सिलका ८ जना कर्मचारीसहित १० जनामा कोरोना पुष्टि भएपछि काउन्सिलले दिने सेवा प्रभावित हुने भएको छ ।

आज एक सुचना जारी गर्दै काउन्सिलले आगामी १० दिनको लागि नियमित सेवामा केही ढिलाई हुने जानकारी दिएको हो । काउन्सिलको अधिकांश कर्मचारी तथा केही पदाधिकारीहरुमा पनि कोरोना संक्रमण देखिएको काउन्सिलले जनाएको छ ।

मंगलबार आएको कोरोनाको परीक्षणको रिपोर्टमा २ जना पदाधिकारी र ८ जना कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्