दोहोरो अंकले घट्यो नेप्से : ८ अर्ब ३ करोड ३२ लाख बराबरको कारोबार



काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज दोहोरो अंकले घटेको छ । आज नेप्से ३०.५१ अंकले घटेर दुई हजार ८ सय ३ दशमलब ६२ विन्दुमा पुगेको हो । त्यस्तै, आज कारोबार रकममा भने वृद्धि भएको छ । आज ८ अर्ब ३ करोड ३२ लाख बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा कर्पोरेट विकास बैंक, नेपाल इन्फाइन्ट्रक्चर बैंक, नारायणी डेभलपमेन्ट बैंक र मध्यभोटेकोशी जलविद्युत कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज सर्किट लेभलमा बढेका छन् ।

त्यस्तै, आज हिमालय उर्जा विकास कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ । आज यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल बङ्गलादेश बैंकको भएको छ । यस कम्पनीको आज २८ करोड ६९ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्