राप्रपा अध्यक्ष लिङ्देनको दावी : पार्टीभित्र कुनै भेदभाव गरेको छैन



काठमाडौँ : रष्ट्रिय प्रजातन्त्र पार्टी रप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफुले पार्टीभित्र कुनै भेदभाव नरेको दावी गरेका छन् । अध्यक्ष लिङ्देनले केन्द्रीय सदस्य मनोनयनमा कुनै पनि बिभेद नगरेको स्पष्ट पारेका छन् ।

आज पार्टी कार्यालय धुम्वाराहीमा मनोनीत केन्द्रीय सदस्यहरुलाई शपथ गराउँदै अध्यक्ष लिङ्देनले आवश्यकताका अनुसार आफूले पार्टीका नेताहरुलाई केन्द्रीय समितिमा ल्याएको बताएका छन् ।

मनोयनका बिषयमा केही भ्रम भएको भन्दै उनले आफुले बिधान अनुरुप समावेशीतालाई पूर्णता दिने बताएका छन् । उनले असन्तुष्ट पक्षलाई समेत समावेश गरेर पार्टीलाई विवादरहित बनाउने उल्लेख गरेका छन् ।

त्यस्तै लिङ्देनले राजसंस्था, हिन्दुराष्ट्रको मुद्दा संगसंगै मुलुकको अन्य मुद्दालाई स्थापित गर्न सदन र सडकमार्फत संघर्ष गर्ने बताएका छन् । अध्यक्ष लिङदेनले आगामी दिनमा पार्टीलाई सडक र निर्वाचन दुवै मोर्चामा सशक्त ढंगले प्रस्तुत गर्ने पनि बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्