निर्वाचन आयोगद्वारा सर्वदलीय बैठक आह्वान



काठमाडौँ : निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलीयाले शुक्रबार बिहान ११ बजे दलहरूसँग परामर्श गर्न बैठक बोलाईएको जानकारी दिएका छन् ।

संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने करिब १६ दललाई निमन्त्रणा गरिएको बैठकमा विभिन्न तीन विषयमा छलफल हुने भएको छ । बैठकमा आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचन र हाल जारी रहेको मतदाता नामावली संकलनबारे जानकारी गराउने तथा स्थानीय तहको मिति तय गर्नेबारे बैठकमा छलफल हुने छ ।

आयोगका पदाधिकारीले गत ९ पुसमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर १४ वैशाख र २२ वैशाखमा स्थानीय चुनाव गर्न प्रस्ताव गरेका थिए । तर, सरकारले त्यसबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन् । २०७४ को वैशाख र असारमा स्थानीय चुनाव भएको थियो । त्यतिवेला निर्वाचित जनप्रतिनिधिको कार्यकाल आगामी ५ जेठ मा सकिँदै छ।

प्रतिक्रिया दिनुहोस्