चक्कु प्रहारबाट १६ महिने बालकको हत्या



काठमाडौँ । १६ महिने बालकको चक्कु प्रहार गरि हत्या गरिएको छ । स्याङजाको वालिङ नगरपालीका १२ र्सिसीबोट वालिङ नगरपालिका १० स्थित भकुण्डेमा बस्ने जितेन्द्र गुरुङले आज दिदी भाइमाथि चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।

३३ वर्षीय गुरुङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले बताएका छन् । उनका अनुसार किन चक्कु प्रहार गरे भन्नेबारे कारण खुलेको छैन । चक्कु प्रहारबाट १६ महिने बालकको मृत्यु भएको छ भने ५ वर्षीया उनकी दिदी घाइते भएका छन् ।

घाइते मृतककी दिदी ५ वर्षे साइना गरुङको घाँटी (अगाडि), बायाँ हातको बुढी औँलामा चोट भएकाले सोही प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्