सोमालियाको राजधानी मोगादिसुमा बम बिस्फोट, ८ जनाको मृत्यु



एजेन्सी : सोमालियाको राजधानी  मोगादिसुमा एउटा कार बम बिस्फोट हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ । विमानस्थल जाने सडकमा भएको सो बिस्फोटमा केही मानिस घाइते भएका छन् । बिस्फोटका कारण वरपरका घरका भवन र मस्जिद चर्किएका छन् ।

बिस्फोट स्थलनजिक एउटा चर्च रहेको र बिस्फोटकमो समयमा त्यहाँ प्रार्थना भइरहेको प्राप्त समाचारमा जनाइएको छ । बिस्फोटको जिम्मा कुनै समूहले लिएको छैन् । बिस्फोटमा अतिवादी समूहको संलग्ना रहेको हुन सक्ने सरकारले अनुमान गरेको छ ।

मोहमद ओस्मान नामक एक स्थानीयले रोयटर्सलाई बताएका छन्, “विस्फोट यति शक्तिशाली थियो कि घटनास्थल नजिकको मैले प्रार्थना गरिरहेको मस्जिदका भित्ता र छाना समेत क्षतिग्रस्त भए । बाहिर आएर हेर्दा वरपरका थुप्रै घर ढलिरहेको र सडकमा मानव अंगहरू छरिएको देखेँ । एकै मिनेट भित्र त्यहाँ थुप्रै कार र रिक्सा नराम्ररी क्षतिग्रस्त भए । तर, म भाग्यले बचेँ ।”

प्रतिक्रिया दिनुहोस्