नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिवद्ध छ : सञ्चारमन्त्री कार्की



काठमाडौं : सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकार नागरिकको जिवन रक्षाका लागि प्रतिवद्ध रहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै सरकारका मन्त्री कार्कीले कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्रहरु परिचालन गरिसकेको भन्दै नागरिकको जिवन रक्षाका लागि प्रतिवद्ध रहेको बताएका हुन् ।

साथै मन्त्री कार्कीले खोप अभियान पनि तीब्र गतिमा अगाडि बढेको बताएका छन् । पछिल्ला केहि दिन यता कोरोना भाइरस संक्रमणको दर निकै बढिरेको भन्दै यस्लाई रोक्न आमनागरिकलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्