१० किलो लागुऔषध चरेस सहित एक महिला प्रहरी नियन्त्रणमा



पर्सा : १० किलो लागुऔषध चरेस सहित एक महिला पक्राउ परेकी छिन् । पर्सा प्रहरीले १० किलोग्राम चरेशसहित रौतहटको पिपरीया परोवा नगरपालिका ९ घर भएकी ४२ वर्षीया रंजु देवी साह लाई पक्राउ गरेको छ ।

उनलाई बुधवार वीरगञ्ज महानगरपालिका १६ शंकराचार्य गेटबाटै नियमित चेकिङ टोलीले चरेशसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।रक्सौलतर्फ पैदल जाने क्रममा शंका लागि प्रहरीलाई उनलाई चेकजाँच गरेको थियो ।

सो क्रममा प्याकेट बनाई आफ्नो ढाड र खुट्टामा पहेलो रंगको कपडाको डोरीले बाँधी अड्काई राखेको अवस्थामा चरेश भेटिएको प्रहरीको भनाई छ । उनीमाथि लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्