स्वास्थ्यन्त्री खतिवडा भन्छन् : ढुक्क हुनुस् अनावस्यक लकडाउन हुँदैन



काठमाडौँ : कोरोना संक्रमित ह्वात्तै बढेपछि नागरिक लकडाउनको त्रासमा रहेको बेला स्वास्थ्यमन्त्रीले अनावस्यक लकडान नहुने बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्यान्त्री बिरोध खतिवडाले लकडाउन गरेपनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताएका छन् । आज र्कीतिपुर अस्पतालमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खतिवडाल यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको भन्दै अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार अगाडी नबढ्ने बताएका छन् ।

सरकारले स्वास्थ्य क्षत्रमा विषेश तयारीका साथ काम रिरहेकाले तत्काल लकडाउन हुन्ने भनेर नआत्तिन आग्रह गरेका छन् । मन्त्री खतिवडाले स्वास्थ्य केन्द्र जानका लागि सहज बनाउन सरकारले विद्यालयलाई नै खोप केन्द्र बनाएको उल्लेख गर्दै नजिकको खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरेका छन् ।

कोरोना खोप लगाउन अस्पतालमा भीड भइरहेको प्रसंगमा मन्त्री खतिवडाले विभिन्न अस्पताललाई खोप केन्द्र बनाइएको र अझै थप गरेर भीड हुन नदिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्