टिचिङ अस्पतालका ६० जना स्वास्थ्यकर्मी कोरोना संक्रमित



काठमाडौँ :  महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका ६० जना स्वास्थ्यकर्मी र बिरामी कोरोना संक्रमित भएका छन् । अस्पतालका चिकित्सक, आवासीय चिकित्सक, नर्स, अन्य कर्मचारीहरु र बिरामीसमेत गरेर ६० जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको निर्देशक दिनेश काफ्लेले बताएका छन् ।

कोरोना संक्रमण पुष्टि भएका सबै स्वास्थ्यकर्मीहरु होम आइसोलेसनमा रहेको जानकारी उनले दिएका छन् । संक्रमण देखिएका ६० जनामध्ये एक जना अस्पतालमा भर्ना गरिएको र बाँकी सबैलाई कुनै पनि लक्षण नदेखिएको उनले जानकारी दिएका छन् । अस्पतालका ६० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालको सेवा नै प्रभावित भएको छ।

प्रतिक्रिया दिनुहोस्