तनहुँको व्यास नगरपालिकामा बेवारिसे शव फेला



तनहुँ : तनहुँको दमौलीस्थित दुर्गा मन्दिर नजिकै १ बेवारिसे शव फेला परेको छ । व्यास नगरपालिका–३ स्थित मन्दिर नजिक शनिवार पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । अन्दाजी ३५/३६ वर्ष उमेरका व्यक्तिको शव फेला परेको र नामथर, वतन नखुलेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।

मन्दिर नजिकैको प्रतीक्षालयमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । शव दमौली अस्पतालमा राखिएको छ । ‘मृतकको पहिचान खुलेको छैन, अनुसन्धान भइरहेको छ, पहिचान खुलाउन प्रहरीले प्रयास गरिरहेको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्