टाइगर कप भलिबल : हेल्प नेपालको जितले फाइनल प्रवेश रोमाञ्चक



पोखरा : पोखरामा जारी टाइगर कप भलिवलको फाइनल प्रवेश रोचक बनेको छ । हेल्प नेपाल स्पोर्टस क्लबले विभागीय क्लब सशस्त्र प्रहरीलाई ३-१ को सेटले पन्छाएपछि फाइनलको प्रवेश रोमाञ्चक बनेको हो ।

पुरुषतर्फ नेपाल पुलिस क्लब तीन जितसँगै शीर्ष स्थानमा छ । पुलिसको आठ अंक छ । हेल्प नेपालले तीन खेलमा दुई जित र एक हार व्यहोरेको छ ।

हेल्प नेपालको सात अंक छ । नेपाल पुलिससँग पाँचै सेट खेलेर हार व्यहोरेको हेल्प नेपालले एक अंक प्राप्त गरेको थियो । त्रिभुवन आर्मीले तीन खेलमा दुई जित र एक हार व्यहोरेको छ । दुई जितले ६ अंक छ । गण्डकी प्रदेशले एक जित र दुई हार व्यहोरेको छ । सशस्त्र प्रहरी बल भने जितविहीन हुँदै उपाधि होडबाट बाहिरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्