दुई दिनमै वीरका ३० वढी स्वास्थ्यकर्मी कोरोना संक्रमित



काठमाडौँ : दुई दिनभित्रै वीर अस्पतालमा ३० वढी स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । पछिल्लो समय तिब्र गतिमा बढ्दै गएको कोरोनाबाट स्वास्थ्यकर्मी संक्रमणको जोखिमा परेका छन् ।

बिहिबार मात्रै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका स्वास्थ्यकर्मी, कर्मचारी लगाएत ६० जना संक्रमित भएका थिए । स्वास्थ्यकर्मीहरु कोरोना संक्रमित हुँदै गएपछि जनशक्तिको अभाव हुने अवस्था आउनसक्ने कोभिड १९- युनिफाईड अस्पतालका प्रमुख डा.भूपेन्द्र वस्नेतले बताएका छन् ।

वस्नेतका अनुसार विभिन्न वार्ड तथा आइसियूमा कार्यरत स्वास्थ्यकर्मीमा संक्रमण तीव्र गति फैलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्