बेलायतमा नेपाली नर्स पठाउनेबारे दुई देशबीच पहिलो चरणको बैठक बस्दै



काठमाडौँ : बेलायतमा नेपाली नर्स पठाउनेबारे दुई देशबीच पहिलो चरणको बैठक बस्दै छ । बेलायती सरकारको प्रस्तावमा नेपाली नर्सलाई रोजगारीका लागि बेलाय पठाउन नेपाल सरकारका प्रतिनिधि र बेलायत सरकारका प्रतिनिधिहरुबीच आज पहिलो चरणको बैठक बस्न लागेको हो ।

बेलायतले नेपाली नर्सलाई रोजगारी प्रदान गर्ने भन्दै श्रम सम्झौता गर्ने प्रस्ताव गरेपछि श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले यसअघि आन्तरिक छलफल गरेको थियो । मन्त्रालयले सो विषयमा आन्तरिक छलफल गरेपछि केही सर्त तथा आफ्नो प्रस्तावहरु तय गरेको छ ।

मन्त्रालयका सहायक प्रवक्ता डा. थानेश्वर भुसालका अनुसार दुई देशबीच छलफल भएपछि नेपाली नर्स पठाउने प्रक्रिया कस्तो हुने भन्ने तय गरिनेछ । सोही बैठकले नेपाली नर्स बेलायत पठाउने प्रक्रियाबारे निर्देशिका बनाउने विषयमा पनि छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस्