काठमाडौँ उपत्यकामा मात्रै २ हजार ६ सय ७ कोरोना संक्रमित



काठमाडौँ : काठमाडौँ पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ जना संक्रमित थपिएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा देशभर ५ हजार ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने संक्रमणका कराण तीन जनाको मृत्यु भएको छ । हाल देशभर १८ हजार २३५ सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्