सप्तरीमा तीन दिनमा तीन न्यायाधीशसहित २० जनामा कोरोना पुष्टि



सप्तरी : सप्तरीमा तीन जना न्यायाधीशसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज १६ जनाको स्वाब परीक्षण गर्दा १० जनामा कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए ।

उनले भने, तीन दिनमा २० जनामा संक्रमण पुष्टि भएको छ । ज्वरो आउनेको संख्या जिल्लामा एकदमै बढ्दै गएको जानकारीमा आए पनि पीसीआर टेस्ट गर्न भने सर्वसाधारण एकदमै कम आउने गरेको बताइएको छ ।

संक्रमित सबै होम आइसोलेसनमा रहेका छन् । उनले जिल्लाको कुनै पनि आइसोलेसन तयारी अवस्थामा नरहेको बताए । राजविराज नगरपालिकासहित जिल्लाका गाउँपालिका नगरपालिकामा तत्काल आइसोलेसन निर्माण गर्ने विषयमा छलफल भइरहेको यादवको भनाइ छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमामा पीसीआर परीक्षण भइरहेको जानकारी समेत यादवले दिए ।

प्रतिक्रिया दिनुहोस्