आदरणीय अध्यक्ष कमरेड प्रचण्ड, यसकारण सुदूरपश्चिममा विना मगर



धर्म सिंहः जनता कुनै पार्टीमा तब गोलबन्द हुन्छन्, पार्टीको विचारसँगै नजिकको नेतृत्वप्रति आशा र अपेक्षा हुन्छ। उसले जनताको आवाज सदनसम्म पु¥याउन सक्छ भन्ने विश्वास हुन्छ। जनताको सानो ठूलो समस्या समाधान गर्न सक्छ भन्ने नेतृत्वप्रति जनभावना जब बलियो हुन्छ, तब मात्रै जनता त्यो पार्टीको झण्डा मुनि गोलबन्द हुन्छन्। आज कर्णालीका जनता किन माओवादी पार्टीमा एकाकार भएका छन् ? सिधा जवाफ छ, ’नजिकको नेतृत्व सबल र सक्षम छ। उसले जनताको सानो÷ठूलो समस्या समाधान गर्ने हिम्मत राख्छ। जनताको आवाज सदनमा बुलन्द बनाउन सक्छ। त्यसैले कर्णालीका जनताले माओवादी पार्टी रोजेको हो।’

त्यसैले पार्टीको विचार असल र पार्टीको मुख्य नेतृत्व मात्र आशा लाग्दो भएर मात्र हुँदैन। भौगोलिक विविधता, विभिन्न जात जाती, भाषा भाषी, धर्म संस्कृति भएको हाम्रो मुलुकले गर्दा। जनता अहिले आफ्नो नजिकको नेतृत्व राष्ट्रिय राजनीतिमा आफ्नो उपस्थिति देखाउन नसक्ने पार्टीको कार्यकर्ता वा भोटर बन्ने अवस्था छैन। मतदाताका सामूहिक इच्छा र व्यक्तिगत इच्छा हुन सक्छन्। तिनी मतदाताले जब हाम्रो नेतृत्वप्रति विश्वास गर्छ अनि मात्रै पार्टी र पार्टी प्रतिनिधिले मत प्राप्त गर्न सक्छ। हिजोको अवस्थाभन्दा आज सुदूरपश्चिमको माओवादी आन्दोलन झन् कमजोर भएको छ। किनकी हिजो लेखराज भट्ट, त्यो क्षेत्रका जनताको आवाज सदनसम्म पु¥याउन सक्ने र पटक पटक सरकारको मन्त्री भएका कारण मतदाताले आफ्ना सामूहिक तथा व्यक्तिगत समस्या समाधान गर्न सकिन्छ भन्ने विश्वास गरेर हाम्रो पार्टी र पार्टीको प्रतिनिधिलाई मत दिन्थे।

आज अवस्था फरक छ। हाम्रो पार्टीको जिम्मेवारी प्राप्त गरेका र जिम्मेवारी पाउनुपर्छ भन्दै दौड धूप गरी रहेका जिम्मेवार कमरेडहरू एकलै माओवादी चुनावमा जाने हो भने वडा अध्यक्ष जित्न पनि मुस्किल जस्तै छ। यति भनेर मैले अपमान गर्न खोजेको हैन। वास्तविकता यस्तै छ, भनेर समय सान्दर्भिक विश्लेषण गर्न खोजेको मात्र हो। अझ एक स्टेप अगाडि बढेर विश्लेषण गर्ने हो भने हाम्रा सुदूरपश्चिमका जिम्मेवार नेता कमरेहरुको अवस्था यस्तो छकी पडौसमा कोही व्यक्ति मरेको छ। मलामी जानुपर्ने हो तर आफ्नो घरबाट बाहिर निस्केर पडौसमा पुग्ने जागिर छैन। अनि यस्ता मान्छेलाई पार्टी बनाउन भनेर नेतृत्वले जिम्मेवारीको भारी बोकाइ दिएर पार्टीले कसरी गति लिन्छ ?

त्यसैले अहिलेको अवस्थामा सुदूरपश्चिमको माओवादी आन्दोलन र पार्टी बलियो बनाउने हो भने बिना मगरलाई प्रदेश अध्यक्ष र उनले रोजेकोनेतालाई पार्टी सचिव बनाएर अगाडि बढ्यो भने सुदूरपश्चिममा माओवादीको अवस्था अहिलेको भन्दा बलियो बनेर जाने स्थिति छ। किनकि बिना मगरप्रति सुदूरपश्चिम प्रदेशका जनताको आशा अपेक्षाका साथै सहानुभूति पनि छ। हाम्रो छोरी चेली देशको मन्त्री भइसकी हामीले सहयोग गरे फेरि राज्यको मूल प्रवाहमा पुग्न सक्छ। हामीले सहयोग गर्नुपर्छ र हामीलाई समस्या कुनै आए बिनालाई भन्दा समाधान हुनसक्छ भन्ने त्यो क्षेत्रका जनताको भावना र चाहना भएकाले अध्यक्ष क. पुष्पकमल दाहाल ’प्रचण्ड’ले ढिलो नगरी सुदूरपश्चिम प्रदेशको अध्यक्षको जिम्मेवारी क. बिना मगरलाई दिएर पार्टी निर्माणमा खटाउनु पर्छ।

अवसर पाए कांग्रेस र राप्रपासमेत छिर्नपछि नपर्नेहरुले बिना मगरलाई निषेध गरेपछि मात्र प्रचण्ड कमजोर हुन्छन् र आफूले स्वार्थका अनुचित टावरहरू खुसी बनाउन सकिन्छ भनी बुझेर अनेक तिकणम गर्नेहरूका कुरा सुनेर नेतृत्व टुंग्याउन ढिलो गर्नु भनेको थप पार्टीलाई क्षति पु¥याउनु हो।

प्रतिक्रिया दिनुहोस्