संविधान संशोधन मधेसवादी दलबाट असम्भव : निधि



धनुषा : कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मधेसको समस्या समाधान मधेसवादी दलबाट सम्भव नहुने बताएका छन् ।  ‘संविधान संशोधनले मधेसको समस्या समधान हुन्छ,’ उनले भने, ‘संविधान संशोधन मधेसवादी दलबाट कहिल्यै हुन सक्दैन । मधेसवादी दललाई कम्युनिस्ट सरकारले आफ्नो जालोमा पारेर ठगेको छ ।’

 

जनकपुर शनिबार आयोजित कार्यक्रममा उनले मधेसवादी दलले मधेसको एजेन्डा स्थापित गर्न नसकेको टिप्पणी गरे । ‘संघीय प्रणालीमा संघीय सरकारका साथै प्रदेश सरकारलाई समेत जनतालाई न्याय दिलाउनुपर्नेमा पृष्ठपोषणमा लागेको छ,’ उनले भने ।

 

सर्लाहीको रामनगरमा कांग्रेसका कार्यकतामाथि गोली चलाउनलाई संघीय र प्रदेश सरकार दुवै मिलेर दोषिलाई उम्काउन खोजेको निधिले आरोप लगाए । प्रदेश सरकारले प्रदेश प्रहरी सेवा ऐन बहुमतबाट पारित भएकोमा खुशी व्यक्त गर्दै निधीले प्रदेश प्रहरी ऐनमा नेपाली कांग्रेसको पूर्ण सहमत रहने प्रस्ट पारे ।

प्रतिक्रिया दिनुहोस्