चिनको विद्युतीय ब्रान्ड ‘याक बाइक’ नेपालमा



काठमाडौँ : चिनको विद्युतीय दुई पाङ्ग्रे सवारी ब्रान्ड ‘याक बाइक’ नेपालमा आएको छ । चिनियाँ विद्युतीय दुई पाङ्ग्रे सवारी उत्पादक बेन्ल्गसँगको साझेदारीमा नेपाल स्थित अटोमोटिभ कम्पनी प्रालिले याक बाइक नेपाल भित्र्याएको हो ।

शनिबार एक विशेष समारोहको आयोजना गर्दै नयाँ ब्रान्ड सार्वजनिक गरेको कम्पनीले ब्रान्ड चिनियाँ भएपनि एसेम्बलिङ प्लान्ट नेपालमा नै स्थापना गरि मोटरसाइकल तथा स्कुटरको उत्पादन गरिने जानकारी दिएको छ । यसले नेपालको अर्थतन्त्रमा थप सुधार ल्याउनुका साथै हजारौंलाई रोजगारी सिर्जना गर्न समेत सहयोग पुग्ने कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्