पोखरा उडेको गुण एयरलाइन्सको विमानमा समस्या देखिएपछि पुन : काठमाडौं फर्काइयो



पोखरा : पोखराका लागि उडेको गुण एयरलाइन्सको विमानमा समस्या देखिएकाले पुनः काठमाडौं फर्काइएको छ ।  आज बिहान १० बजे  उडेपछि प्राविधिक समस्या देखिएकाले ७ मिनेटमै काठमाडौ विमानस्थलमा अवतरण गरिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुख भोलाप्रसाद गुरागाईंले जानकारी दिएका छन् ।

प्रमुख गुरागाईंका अनुसार जहाजको एउटा ढोका लक नभएको सूचना दिएपछि ‘ढोका लक नभएको संकेतका आधारमा पाइलटले जहाजलाई फर्काएर त्रिभुवन विमानस्थलमा नै ल्याण्ड गरिएको हो । प्रमुख गुरागाईंका अनुसार अहिले जहाजको प्राविधिक परीक्षण भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्