देउवा र प्रचण्डबीच भेटवार्ता : बोलाइयो राजनीतिक समन्वय समितिको बैठक



काठमाडौं : कोरोना संक्रमणमुक्त भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक भेटवार्ता सुरु गरेका छन् । यसै क्रममा प्रचण्डले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग आज बिहानै भेटवार्ता गरेका छन् ।

आज बिहान वालुवाटारमा प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच भएको भेटवार्तामा आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन र स्थानीय तहको निर्वाचनका बारेमा छलफल भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।

स्थानीय तहको चुनावबारे छलफल गर्न उनीहरूबीच सरकार सञ्चालनका लागि गठन भएको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बोलाउने सहमति पनि भएको छ ।

प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार मंगलबार बिहान ९ बजेका लागि संयन्त्रको बैठक बोलाउने तय भएको छ । आईतबार कोरोनामुक्त भएका प्रचण्ड प्रधानमन्त्रीसँग छलफल गर्न बिहानै बालुवाटार पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्