शहरी विकासमन्त्री झाँक्रीले गरिन सय दिनको काम सार्वजनिक



काठमाडौँ : शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले कार्यभार सम्हालेपछिका आफ्नो एक सय दिनको काम र आगामी कार्ययोजना सार्वजनिक गरेकी छिन् ।

आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री झाँक्रीले अहिलेसम्म नितीगत लगाएतका क्षेत्रमा गरिएका काम र आगामी कार्ययोजनाका बारेमा आफ्नो योजना सार्वजनिक गरेकी हुन् । पत्रकार समेलनमा मन्त्री झाँकीले ३७ बुँदे कार्यप्रगति विवरण पेश गरेकी हुन् ।

मन्त्री झाँक्रीले  कार्यक्रममा चालु् आर्थिक वर्षमा मन्त्रालयको कुल बजेट ३० अर्ब ८४ करोडमध्ये चालुतर्फ ३५ र पुँजिगत तर्फ १७ प्रतिशत खर्च भएको जानकारी गराएकी हुन् । साथै ६ महिनामा मन्त्रालयको समग्र प्रगति १८ दशलव ९१ प्रतिशत रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्