प्रदेश २ को नाम मधेश प्रदेश



जनकपुरधाम : प्रदेश २ ले आफ्नो नाम टुंगो लगाएको छ । प्रदेशसभाको आज बसेको बैठकले प्रदेश २ ‘मधेश प्रदेश’ नामलाई दुई तिहाइ बहुमतले पारित गरेको छ ।

प्रदेशसभाको बैठकमा भएको मतदानमा मधेश प्रदेशको पक्षमा ८० मत परेको हो । जुन दुई तिहाइ बहुमत हो ।

१०४ सदस्यीय प्रदेशसभामा आज भएको मतदानमा ९९ मत खसेको थियो । साथै यसअघि आज नै प्रदेशसभाले प्रदेशको राजधानी जनकपुरलाई पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्