कर्मचारीमा कोरोना देखिएपछि यातायात कार्यालय बुटवल चार दिन बन्द



बुटवल : यातायात व्यवस्था कार्यालय सवारी रुपन्देही चार दिनको लागि बन्द हुने भएको छ । कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा कोभिड संक्रमण भएको र अधिकाँसमा कोरानासँग सम्बन्धित लक्षणहरु देखिएको भन्दै भोलि मंगलबारदेखि ७ माघसम्मका लागि कार्यालय बन्द गरिएको हो ।

कोरोनाको जोखिम बढेपछि कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सवै सेवा ७ गतेसम्मका लागि बन्द गरिएको कार्यालय प्रमुख रमेश गौतमले जानकारी दिए ।

७ माघसम्मका लागि सबै प्रकारका सवारीको नामसारी कार्य रोकिएको र अत्यावश्यक सेवाहरु आंसिक मात्र सञ्चालन हुने गौतमद्वा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्