२५ स्वास्थ्यकर्मीसहित कोशी अस्पतालका ४६ कर्मचारी कोरोना संक्रमित



विराटनगर : कोशी अस्पताल विराटनगरका २५ स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पताका सुपरीटेन्डेन्ट डा चुमनलाल दासका अनुसार ८ डाक्टर, १७ नर्स, परामेडिक्स र एक्स–रे ल्याबका प्राविधिक, सफाइकर्मचारी सहित ४६ जनामा कोरोना पुष्टि भएको हो ।

उनका अनुसार संक्रमित मध्ये ४२ जना होम आईसोलेसनमा छन् भने ४ जना काममा फर्किएका छन् । एकैपटक धेरै कर्मचारीमा कोरोना पुष्टि भएपछि अस्पतालको सेवा प्रवाहमा असर पुगेको छ । पछिल्लो समय मुलुकैभरीका स्वास्थ्यकर्मीहरु धमाधम संक्रमित भएपछि अस्पतालमा सेवा प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्