११ हजार किलो फोहर सगरमाथाबाट निकालियो



काठमाडौं : सगरमाथा चढ्न खोज्ने पर्वतारोहीको संख्या बढेकाले फोहर पनि निकै थुप्रेको छ ।  सगरमाथाको सफाइ गर्दा चारवटा शव र ११ हजार किलो फोहर निस्केको छ । 

सगरमाथा चढेर फर्केका मानिसले बताएअनुसार त्यहाँ मानव मल, अक्सिजनका बोतल, टेन्ट, डोरी, भाँचिएका सिँढी, क्यानहरू अनि प्लास्टिकका र्‍यापर भेटिएका छन् । 

विगत कैयौं दशकमा पर्वतारोहण गर्न गएका मानिसका ३०० शव पनि त्यहीँ छ । जलवायु परिवर्तनका कारण हिमनदीहरू पग्लिरहेका छन् ।पर्यटन विभागका महानिर्देशक दाण्डुराज घिमिरेले भने, ‘२० शेर्पाको सफाइ टोलीले अप्रिल र मे महिनामा आधारशिविरभन्दा माथिबाट लगभग ५ टन अनि तल्लो क्षेत्रबाट ६ टन फोहर जम्मा पारेको छ ।’

प्रतिक्रिया दिनुहोस्