वृद्धभत्ता ६५ वर्षमै दिनुपर्ने कांग्रेसको माग



काठमाडौं : नेपाली कांग्रेसले ६५ वर्ष उमेर पूरा भएकाहरुलाई वृद्धभत्ता दिन माग गरेको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा कांग्रेसका कोषाध्यक्ष तथा सांसद सितादेवी यादवले वृद्धभत्ता दिने उमेर ६५ वर्ष कायम गर्न माग गरेकी छन् ।

यस्तै उनले पूर्ववर्ती सरकारले घोषण गरेको गम्भीर प्रकारका चार प्रकारका बिरामीलाई पाँच हजार भत्ता दिने घोषणा कार्यान्वयनको पनि माग गरेकी छन् ।

कांग्रेस नेता गगन थापा स्वास्थ्यमन्त्री हुँदा सरकारले मिर्गौला फेल भएका, क्यान्सर र स्पाइनल इञ्जुरीका कारण प्यारालाइसिस भएका बिरामीलाई मासिक ५ हजार भत्ता दिने निर्णय गरेको थियो । तर, यो लागू भएको छैन ।

प्रतिक्रिया दिनुहोस्