भारतमा २४ घण्टामा थप २ लाख ८२ हजार बढी कोरोना संक्रमित



एजेन्सी : भारतमा पछिल्लो २४ घन्टामा दुई लाख ८२ हजार ९७० जना कोरोना संक्रमित भएका छन् । यसैगरी सोहि समयमा ४४१ जना संक्रमितको मृत्यु भएको छ ।

सोहि समयमा एक लाख ८८ हजार १५७ जना संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या १८ लाख ३१ हजार रहेको छ । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र, कर्नाटक, तमिलनाडू, दिल्ली र पश्चिम बंगाल राज्य रहेका छन् । भारतमा ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या ८ हजार ९६१ पुगेको छ ।

जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ७६ लाख १८ हजार २७१ पुगेको छ भने हालसम्म चार लाख ८६ हजार ७६१ जना संक्रमितको मृत्यु भईसको छ ।

प्रतिक्रिया दिनुहोस्