कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



काठमाडौँ : कोटेश्वरमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति तिब्र गतिमा रहेको मोटरसाईकल टिपरमा ठोक्किँदा चालकको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन् ।

तिनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको प्रदेश ३-०२-०२६ प १८२४ नम्बरको मोटरसाइकल गएराति सवा ११ बजे गुडिरहेको टिपरमा ठोक्किँदा मोरङको पथरी घर भइ हाल भक्तपुरको सल्लाघारी बस्ने २६ वर्षीय अनन्त लिम्बुको मृत्यु भएको प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका लिम्बुको उपचारका क्रममा मंहाकाल स्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा पछाडी सवार काभ्रेपलाञ्चोकको नमोबुद्ध घर भएका ३१ वर्षीय देव लामाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्