नोबेल मेडिकल कलेजका विद्यार्थीहरू काठमाडौंमा



काठमाडौँ : नोबेल मेडिकल कलेजका विद्यार्थीहरु काठमाडौं आएका छन् । विराटनगरस्थित नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क फिर्ता नगरेको भन्दै पीडित विद्यार्थी सरकारलाई दबाब दिन काठमाडौं आएका हुन् ।

चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक मनिष भट्टराइको नेतृत्वमा काठमाडौं आएका विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगमा धर्ना दिने जनाएका छन् ।

समिति संयोजक भट्टराईले नोबेलले विद्यार्थीलाई ठगी गरेको भन्दै गैरकानुनी शुल्क फिर्ता नहुँदासम्म आन्दोलन जारी रहने बताएका छन् । यस्तै, काठमाडौंस्थित काठमाडौं मेडिकल कलेजले पनि विद्यार्थीबाट ६ लाख रुपैयाँ बढी अतिरिक्त शुल्क लिएको छ ।

सरकारले अतिरिक्त शुल्क फिर्ता गर्न पटकपटक ताकेता गरेपनि नोबेल र काठमाडौं मेडिकल कलेजले अटेर गर्दै आएपछि बिद्यार्थीहरु काठमाडौँमै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्