प्रदेश नामकरणले मधेस आन्दोलनलाई अनुमोदन गरेको छ : अध्यक्ष ठाकुर



काठमाडौँ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेस प्रदेश नामाकरणले मधेश आन्दोलनलाई अनुमोदन गरेको बताएका छन् । मधेस प्रदेशको नामकरण ऐतिहासिक निर्णय भएको भन्दै यो निर्णयले मधेस आन्दोलनलाई लै अनुमोदन गरेको बताएका छन् ।

साथै उक्त निर्णयले संघियता कार्यान्वयन तिर अगाडी बढेको, जनतामा उत्सुकता थपिएको र ठाउँ-ठाउँमा दिपावली भएको समेत बताएका छन् । मधेस आन्दोलनको १५ वर्ष पुरा भएको बलिदानी दिवसका अवसरमा आन्दोलनका शहिदहरुप्रति श्रदाञ्जली अपर्ण गर्दै मधेस प्रदेश नामाकरणमा आफ्नो स्थानबाट भूमिका निर्वाह गर्ने प्रदेशसभा सदस्यलाई धन्यावाद ज्ञापन गरेका छन् ।

साथै अध्यक्ष ठाकुरले जनताको हितमा काम गर्नुनै सरकारको प्रमुख कर्तव्य भएको भन्दै लोकतन्त्रमा जनतानै सर्बाेपरि हुने बताएका छन् । अध्यक्ष ठाकुरले आफुहरु लक्ष्यबाट बिमुख भए सहिदहरुप्रति श्रदाञ्जली नहुने भन्दै आफ्नो लक्ष्यलाई पछ्याउँदै थप उपलब्धी हासिल गर्न तर्फ अगाडी बढ्नुपर्ने बताएका छन् ।

आज अर्थात ५ माघ गते मधेसआन्दोलनको क्रममा सिरहाको लहानमा रमेश महतो पहिलो सहिद भएका थिए । त्यसको सम्झनामा मधेस प्रदेश सरकारले ५ माघलाई बलिदानी दिवसको रुपमा मनाउदै आएको छ । भने बलिदानी दिवसमा मधेश प्रदेश सरकारले सार्वजनिक बिदा समेत दिने गरेको छ ।

२०६२-०६३ को जनआन्दोलनपछि ०६३ माघ १ गतेदेखि लागू भएको अन्तरिम संविधानमा मधेसीलाई उपेक्षा गरिएको, संघीयता नराखिएको भन्दै तत्कालीन मधेसी जनअधिकार फोरम नेपालको आह्वानमा संघीयता, जनसंख्याको आधारमा समानुपातिक सहभागितालगायतको मागसहित सुरु भएको आन्दोलन ५ माघमा लहानका विद्यार्थी रमेश महतोको गोली लागेर मृत्यु भएपछि मधेसका विभिन्न जिल्लाहरूमा चर्किएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्