आन्तरिक हवाई यात्रा गर्दा एन्टिजेन परिक्षण अनिवार्य



काठमाडौँ : अब आन्तरिक हवाई यात्रा गर्दा एन्टिजेन परिक्षण अनिवार्य गरिने भएको छ । गृहमन्त्रालयमा आज बसेको बैठकले यसअघि मन्त्रीपरिषदको बैठकले गरेको निर्णयमा सहमती जनाएको हो । मन्त्रीपरिषदको बैठकले गरेको उक्त निर्णय छोटो दुरीको हवाई यात्रामा अव्यबहारिक हुने भन्दै कार्यान्वयन गरिएको थिएन ।

गृहमन्त्रालयको उक्त निर्णयबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले वायुसेवा कम्पनीलाई जानकारी गराएका छन् । सोही अनुसार वायुसेवा सञ्चालक संघले आफ्नो सदस्यहरुलाई सर्कुलर गरेको छ ।

साथै नयाँ निर्णय अनुसार अब दोब्बर मास्क लगाउने र यात्रा अबधिभर मास्क खोल्न पाईने छैन । भने यात्रुले कोपकार्ड अनिवार्य बोक्नुपर्ने र नबोकेको खण्डमा मोबाईलमा फोटो देखाएपनि हुने छ । यात्रुको तापक्रम नाप्ने व्यवस्था भने वायुसेवाले कम्पनिले मिलाउनुपर्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्