भारतविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिका विजयी



काठमाडाैँ : दक्षिण अफ्रिकाले पहिलो एकदिवसीय क्रिकेट खेलमा भारतलाई ३१ रनले पराजित गरेको छ । बोलाण्ड पार्कमा २९७ रनको विजयी लक्ष्य पाएको भारत निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६५ रनमा समेटियो ।

भारतका ओपनर शिखर धवनले सर्वाधिक ७९ रन बनाए।  शार्दुल ठाकुर ५० रनमा अविजित रहे। यस्तै पूर्व कप्तान विराट कोहलीले ५१ रनको योगदान गरे । दक्षिण अफ्रिका लुन्गी एनगिडी, तबरेज शाम्सी र एन्डिले फेहलुकवयोले समान २ विकेट लिए। यस्तै एडेन माक्ररम र केशव महाराजले १–१ विकेट लिए। यस अघि टस जितेर ब्याटिङ रोजेको घरेलु टोली दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै २९६ रन बनाएको थियो। रास्सी भान डर डुसेनले सर्वाधिक १२९ रन बनाए ।

यस्तै कप्तान टेम्बा बभुमाले  ११० रनको योगदान गरे । भारतका जसप्रित बुमराहले २ तथा रविचन्द्रन आश्विनले १ विकेट लिए । जितसँगै तीन एकदिवसीय खेलमा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ । दोस्रो खेल शुक्रबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्