छोरी बलात्कार गर्ने बाबुलाई १९ वर्ष कैद 



हेटौँडा : नाबालिका छोरी बलात्कार गरेको आरोपमा जिल्ला अदालत मकवानपुरले बाबुलाई १९ वर्ष कैद सजाय सुनाएको छ । साथै अदालतले ७५ हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ण भराउने आदेश समेत दिएको छ । 

नाबालिकाको आमाले दोस्रो विवाह गरेर अन्यत्र गएपछि उनलाई बावुले यौन दुर्व्यवहार र बलात्कार गर्न थालेको बालिकाले प्रहरी सामु बताएका थिए ।  

जिल्ला न्यायाधीश खडानन्द तिवारीको बिहीबार बसेको इजलासले हेटौँडा उपमहानगरपालिका १२ का ३७ वर्षीया (नाम परिवर्तन) लाई नाबालिकालाई बलात्कार गरेकोमा ९ वर्ष कैद र हाडनातामा करणी गरेको १० वर्षसहित १९ वर्ष कैद गर्ने फैसला गरेको हो।

१३ वर्षीया बालिकालाई बावुले पटक–पटक बलात्कार गर्नुको साथै यौन दुर्व्यवहार गर्दै आएका थिए। 

२०७५ पुस २२ गते बाबुले बलात्कार गरेका घटना बालिकाले छिमेकी महिलालाई भनेपछि अपराध सार्वजनिक भएको हो।

घटना सार्वजनिक भएपछि प्रहरीले गत पुस २३ गते बावुलाई पक्राउ गरेको थियो। जिल्ला अदालत मकवानपुरले माघमा पुर्पक्षका लागि क्षेत्रीय कारागार भीमफेदी पठाएको थियो। 

 

प्रतिक्रिया दिनुहोस्