अनाैठाे चाेर, जसले पुलकाे आधा भाग नै चाेरे



रुसमा चोरहरुले रेलवेकाे पुल नै चोरी गरेका छन्। रुसको सुदूर उत्तरी आर्कटिक वृत्तमा पर्ने मुर्मान्स क्षेत्रमा रहेको एक रेलवे पुलको २३ मिटर खण्ड चोरहरुले चोरी गरेका हुन् । ५६ टन वजनको उक्त पुलको खण्ड चोरी भएको विषयमा अदालतमा आपराधिक मुद्दा समेत दायर गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मुर्मान्स शहरको दक्षिणमा रहेको ओक्ट्याब्रास्कायाको वस्तीमा रहेको पुलको बीचको भाग गायब भएको बताइएको छ । तैपनि पुलको अगाडि र पछाडिको भाग भने जस्ताको त्यस्तै छ ।

स्थानीय बासिन्दाले अघिल्लो महिना उक्त पुलको खण्ड गायब भएको थाहा पाएका थिए।

उक्त पुल यसअघि ‘रेयर अर्थ’ पदार्थ ढुवानी गर्ने रेलका लागि प्रयोग हुँदै आएकोमा सन् २००७ मा ‘रेयर अर्थ्’ पदार्थको उक्त कम्पनी टाँट पल्टेपछि त्यस पुल प्रयोगविहीन भएको थियो ।

चोरीको यस्तो आश्चर्यपूर्ण घटनाबाट उक्त पुलको स्वामित्वमा रहेको कम्पनीलाई चोरीबाट ६ लाख रुबेल अर्थात् करिब ९ हजार अमेरिकी डलर घाटा लागेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्