सर्वोच्चले अख्तियार सचिवलाई कारबाही गर्ने !



काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा सहयोग नगरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवलाई कारबाही गर्ने चेतावनी दिएको छ । 

कांग्रेस नेता जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियार आयोगले नै असहयोग गरेको आरोप सर्वोच्चको छ । 

जोशीविरुद्धको भ्रष्टाचार तथा अकुत सम्पत्तिसम्बन्धी मुद्दाको सक्कल मिसिल ५ वर्षदेखि नदिएको भन्दै आयोगका सचिवसहितका अधिकारीलाई कारबाहीको चेतावनी सर्वोच्चले दिएको हो ।

सर्वोच्चका अनुसार अदालतको माग गरेको आयोगमा काम कारबाहीसम्बन्धी रजिष्टर लगायतका अभिलेख ५ वर्षदेखि उपलब्ध नगराइ न्याय सम्पादनमा बाधा पुर्याएको छ ।

बिहीबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सपना प्रधान मल्लको संयुक्त इजलासले जोशीविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने २०६० साल वैशाख २५ गतेको निर्णयसहितको सक्कल मिसिल, फायलसमेत लिई अदालतमा १५ दिन भित्र उपस्थित हुन सचिव स्वयंलाई आदेश दिएको हो । 

 

प्रतिक्रिया दिनुहोस्