पाकिस्तानको लाहोरमा बम विष्फोट हुँदा तीन जनाको मृत्यु



काठमाडाैँ : पाकिस्तानको लाहोरस्थित लोहारी गेट क्षेत्रमा भएको शक्तिशाली विस्फोटमा कम्तिमा तीन जनाको मृत्यु भएको छ। विस्फोटमा २० जनाभन्दा बढी घाईते भएका छन् । विस्फोटपछि साढे १ फिट गहिरो खाडल परेको प्रहरीले जनाएको छ।

विस्फोटको कुनै समूहले जिम्मा लिएको छैन् । विस्फोटबारे थप अनुसन्धान भइरहेको छ। विस्फोटपछि सबारी साधन जलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्