अर्थमन्त्रालयले सच्यायो बजेट वक्तव्यमा देखिएको त्रुटि



काठमाडौं : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७६–०७७ को बजेट वक्तव्यमा देखिएको त्रुटि सच्याएको छ ।

बजेटको अनुसूची १ र २ मा त्रुटि भएको र त्यसको गम्भीर अर्थ लाग्ने भन्दै नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले संसदमा अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

आर्थिक वर्षको बजेट त्रुटि कांग्रेसले बनाएको छाया सरकारका अर्थमन्त्री मेत रहेका रिजालले औल्याएका थिए ।बजेट पुस्ति

कामा प्रदेश र स्थानीय तहलाई दिनुपर्ने राजस्व कुल राजस्वबाट घटाउनुको सट्टा जोडेर संघीय सर्वसञ्चित कोषमा दाखिला हुने गरी ९ सय ६२ अर्बको राजस्व अनुमान गरेको थियो । 

सरकारले आगामी आर्थिक वर्ष चालु खर्च ७ सय ८३ अर्ब, पूँजीगत खर्च २ सय ७३ अर्ब र वित्तीय व्यवस्था १ सय ५३ अर्ब रुपैयाँ हुने संशोधित अनुमान गरेको छ । यसअनुसार चालु आर्थिक वर्षमा १२ खर्ब ८ अर्बको स्रोत साधन चाहिने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका थिए ।

सरकारले राजस्वबाट ८ सय ६० अर्ब राजस्व जम्मा हुन्छ भनेको थियो जुन राजस्वमध्ये १ सय २ अर्ब प्रदेश र स्थानीय सरकारलाई दिनुपर्ने हुन्छ । त्यसो गर्दा संघीय सरकारले खर्च गर्न पाउने राजस्व रकम ७ सय ५८ अर्ब रुपैयाँ हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्