काठमाडौँ उपत्यकामा आज रातिदेखि जोरबिजोर प्रणाली लागू हुने



काठमाडाैँ : कोरोना संक्रण तीव्र गतिमा फैलिएपछि काठमाडौँ उपत्यकामा सवारी साधनमा जोर विजोर प्रणाली लागू हुने भएको छ। बिहीबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुकाे बैठकले जोर विजोर प्रणाली लागू गर्ने निर्णय गरेका हुन्।

प्रशासनले जारी गरेकाे आदेश अनुसार शुक्रबार राति १२ बजेबाट यातायातमा जोरबिजोर लागू हुँदैछ। अब जोर गते जोर नम्बर भएका सवारी मात्रै र बिजोर गते बिजोर नम्बर भएका सवारी मात्रै सञ्चालन हुनेछन्। यो नियम निजी र सार्वजनिक यातायातका साधनमा लागू हुने प्रशासनको आदेशमा उल्लेख छ। दुई पांग्रे सबारी साधनसहित सबै सबारी साधनमा यो नियम लागू हुने प्रशासनले जनाएको छ।

औषधि, स्वास्थ्य सामग्री, एम्बुलेन्स, दमकल, शव वाहन, ग्यास, पेट्रोलियम पदार्थ, पशुपंक्षीका दाना, अन्डा, फलफुल, खाद्यन्न, तरकारी, माछामासु बोकेका सवारी साधानमा भने जोरबिजोर लागू हुने छैन। त्यसैगरी सार्वजनिक गाडीमा सीट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यात्रुलाई मास्क अनिवार्य गर्न, गाडीको ढोकामा र गाडीभित्र यात्रुले प्रयोग गर्ने गरी स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने नियम पनि लागू भएको छ।

यस्तै प्रमुख जिल्ला अधिकारीहरूको बैठकले खोप कार्डलाई अनिवार्य गर्ने निर्णय गरेको छ भने पार्टी प्यालेस डिर्पामेन्टल स्टोर र सपिङ मलमा एक पटकमा बढीमा २० जनामात्र जान पाइने नियम लागू गरेको छ ।

प्रतिक्रिया दिनुहोस्