जगदुल्ला जलविद्युतकाे विद्युत बाँफिकोटको सव स्टेशनमा जोडने



जाजरकोट : १०६ मेगावाट विद्युत  उत्पादन क्षमता रहेको अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत रुकुम बाँफिकोटमा रहेको नेपाल विद्युत प्राविकरणको सव स्टेशनमा जोड्ने गरि सम्झौता भएको छ। नेपाल विद्युत प्राधिकरण  र जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेड  बीच ग्रिड जडान सम्झौता २० जनवरी २०२२ मा सम्झौता भएको हो ।

यो सम्झौतासँगै आयोजनाबाट उत्पादन हुने विद्युत खरिद , विक्री कार्य समेत सुरु भएको छ । आयोजना निर्माणका लागि  बैंक सँगको सम्झौता समेत एक महिना भित्र हुने भएको छ । आयोजना निर्माणका लागि अझैं सडक , पुलहरु निर्माण कार्य बाँकी रहेको छ । जटिल भुभागमा निर्माण हुन लागेको यो आयोजना छिटो गर्ने भनिएपनि पुर्वाधारको काम गर्नका लागि सामग्री ढुवानी गर्ने कार्य निकै चुनौती पुर्ण रहेको छ । तल्लु र त्रिबेणी स्थित भेरी नदीमा ठुला पुलहरु निर्माण हुँन बाँकी रहेको छ ।

त्यस्तै त्रिबेणी देखि विद्युत उत्पादन गृह इल सम्मको सडक कडा चट्टानै ,चटानले बनेका कारण सबै ठाउँमा विस्फोटन गर्नुपर्ने बाध्यता रहेको निमित कार्यकारी प्रमुख सञ्जय सापकोटाले बताए । नलगाड नगरपालिकाको दानीपिपलमा ४०० केभीको सव स्टेशन  निर्माण कार्य जारी रहेकोले जगदुल्लाको  बिद्युत बाँफिकोटमा जडानका लागि सम्झौता भएको हो ।

प्रतिक्रिया दिनुहोस्