सहारा एकेडेमीलाई १५ लाख सहयोग



पोखरा : पोखराको सहारा क्लबले सञ्चालन गर्दै आएको सहारा एकेडेमीलाई १५ लाख सहयोग गरिएको छ । एकेडेमीको अक्षयकोषमा जम्मा हुने गरी ओएभीएसले आर्थिक सहयोग गरेको हो ।

ओएभिएस पर्थ अष्ट्रेलियाका सञ्चालक सुभाष श्रेष्ठ, पोखराका सञ्चालक निराजन कुँवर र समिता आचार्यले बुधबार पाँच लाख रुपैयाँ एकेडेमीको अक्षयकोषका लागि क्लब अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ लाई हस्तान्तरण गरे ।

आगामी दुई वर्षसम्म वर्षेनी पाँच लाख रुपैयाँ प्रदान गर्ने सम्झौता गरिएको छ । क्लबले वर्षेनी फुटबल टुर्नामेन्ट गरेरै एकेडेमीको खर्च धान्दै आएको छ । त्यहाँ १४ जिल्लाका २४ बालकहरू आश्रित छन् । विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा एकेडेमी चलेको हो ।

प्रतिक्रिया दिनुहोस्