१५ हजार घुससहित प्रहरी निरीक्षक पक्राउ



बुटवल : बुटवलका प्रहरी निरीक्षक १५ हजार घुससहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रन्यौरा (सैनामैना)का  प्रहरी निरीक्षक केशवबहादुर बस्नेत घुससहित पक्राउ परेका हुन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको टोलीले बस्नेतलाई ढुंगा गिट्टिको कारोबार गर्नेसँग रकम लिँदै गर्दा अख्तियारले पक्राउ गरेको हो । 

बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको बताए । 

 

प्रतिक्रिया दिनुहोस्